मोदीको बधाई पत्र लिएर बालुवाटार पुगे भारतीय राजदूत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मोदीको बधाई पत्र लिएर बालुवाटार पुगे भारतीय राजदूत

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा राजदूत श्रीवास्तवले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

सो अवसरमा नेपाल–भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउनेबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ । राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका बधाई पत्र प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।

बिहीबार अमेरिकी राजदूत थम्पसनले प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका थिए । राजदूत थम्पसनले दुवै देशबीच आगामी दिनमा मिलेर काम गर्ने जानकारी दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);