मेक्सिको : शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ५८ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मेक्सिको, भदौ २४ । मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ। भूकम्पका कारण दुई सय भन्दा बढि घाईते भएका छन् । दक्षिणी तटीय क्षेत्र केन्द्रविन्दु भएर शुक्रबार ८ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको थियो।

भूकम्पका कारण ताबास्को, ओआखाका र चियापास राज्यमा बढी प्रभाव परेको छ । यी राज्यमा उद्धार तथा राहतको काम तीब्र रुपमा भइरहेको त्याहाँका सरकारी अधिकारीहरुले बताएका छन् । भूकम्पले भत्किएका भवनमा मानिस फसेको हुन सक्ने आशंकामा खोजी तथा उद्धारको कामलाई प्राथमिकता दिइएको छ । मेक्सिकोमा गएको यो शताब्दीकै ठूलो भूकम्प हो ।

भूकम्पका कारण ज्यान गुमाउनेमा धेरै ओआखाकाका छन् । त्यहाँ ४५ जनाको ज्यान गएको मेक्सिकोको राष्ट्रिय आपतकालिन कमिटीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);