मेक्सिको अपडेटः मृत्यु हनेको संख्या १४९ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

एजेन्सी, ४ असोज । मेक्सिकोमा भुकम्पका कारण मृत्यु हुनेहरुको संख्या १४९ पुगेको छ । मेक्सिकोका राष्ट्रपति नेटोका अनुसार मंगलबार गएको भूकम्पमा परी कम्तीमा १४९ को मृत्यु भएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। भुकम्पपछि एक स्कुल भत्किदाँ ३० जना विद्यार्थीहरुको मृत्यु भएका छन् । स्थानीय अधिकारीका अनुसार, ३० जना विद्यार्थीहरु अझै बेपत्ता छन् ।

स्थानीय समय अनुसार मंगलबार दिउँसो १ः१४ बजे ७।१ म्याग्निच्यूडको भूकम्प गएको हो।

मेक्सिको सिटीबाट १२३ किलोमिटर दक्षिण पूर्वी इलाकामा ५१ किलो मिटर गहिराई केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी भौगर्विक सर्वेक्षण संस्था यूएसजीएसले जनाएको छ। भग्नावशेषमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेकाले मर्नेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीले बताएको सिजीटिएनले खबर दिएको छ।

सन १९८५ मा गएको शक्तिशाली भूकम्पको वार्षिकीको सम्झना गर्दै भूकम्पीय सुरक्षा बारे अभ्यास कार्यक्रमहरु गर्दै गरेका बेलामा शक्तिशाली भूकम्प गएको हो। भूकम्पले मोरेलोस, प्युब्ला र मेक्सिको राज्यमा क्षति पुर्याएको बताइएको छ।