शक्तिशाली आँधी एर्मा फ्लोरिडातर्फ, १० लाख मानिस सुरक्षित स्थानतर्फ सर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौँ, २४ भदौ । क्यारिबियन क्षेत्रमा ठूलो क्षति निम्त्याएको शक्तिशाली आँधी एर्मा अहिले बाहामस र उत्तरी क्युबा भएर अघि बढिरहेको छ। यसअघि एर्मा आँधीबाट प्रभावित केही टापुहरुमा शनिबार अर्को शक्तिशाली आँधी होजे आउने अपेक्षा गरिएको छ।

आँधीले ठूलो क्षति पुर्‍याएको बारब्युडा टापुबाट मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम सकिएको बताइएको छ। आँधीले तहसनहस भएको उक्त टापु छाड्न चाहनेहरुलाई डुङ्गा अथवा हवाईजहाजबाट छिमेकी एन्टिगुआ पुर्‍याइएको छ। आँधीका कारण अमेरिकाको पुएर्टो रिकोका आधाभन्दा बढी घरहरुमा बिजुली आपूर्ति बन्द भएको छ।

एर्मा आँधी अमेरिकी मूल भूभागमा पुग्न लाग्दा फ्लोरिडा राज्यका गर्भनरले मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने समय कम हुँदै गएको चेतावनी दिएका छन्। एर्मा आँधी शनिबार अमेरिकी मूल भूभागमा प्रवेश गर्नसक्ने आशंका गरिएको छ।


दुई करोड जनसंख्या रहेको फ्लोरिडाका करिब १० लाख मानिसहरुलाई सुरक्षित स्थानमा जान भनिएको छ। तर गभर्नर रिक स्कटले सबै मानिसहरु नै सुरक्षित स्थानतर्फ जानका निम्ति तयार हुनुपर्ने बताएका छन्। उनले सुरक्षित स्थानमा अनिवार्य रुपमा सर्नका निम्ति थप आदेश दिन सकिने बताए।

फ्लोरिडाका मानिसहरु उत्तरतर्फ बढिरहेका बेला ठूलो ट्राफिक जाम भएको छ भने राज्यमा पेट्रोलको अभाव देखिएको बीबीसीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);