जलवायु परिवर्तनले लाखौं मानिसमा पीडा:अध्ययन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

जलवायु परिवर्तनले लाखौं मानिसमा पीडा:अध्ययन

एजेन्सी । बढ्दो जलवायु परिवर्तनले संसारभरका लाखौं मानिसमा पीडा दिएको एउटा पछिल्लो अध्यनले देखाएको छ । चेरिटी क्रिश्चियन एड नामक संस्थाले गरेको अध्ययनमा जलवायु परिवर्तनका कारण यो वर्ष विश्वमा भएका १० डरलाग्दा प्राकृतिक घटना र त्यसले पुर्‍याएको अर्बौं डलर क्षतिबारे उल्लेख गरिएको छ । यस वर्षको अगस्टमा अमेरिकामा आएको आँधी इडा र जुलाईमा युरोपको बाढीले सबैभन्दा ठूलो क्षति पुर्‍याएको अध्ययनमा उल्लेख छ । 

केही क्षेत्रमा बाढी र आँधीले मानिसहरुलाई सामूहिक रुपमा विस्थापन गरेको छ । तर, सबै मौसमी विपद् जलवायु परिवर्तनसँग सम्बन्धित छैनन्, तथापी वैज्ञानिकहरुले विपद् र जलवायु परिवर्तनबीच गहिरो सम्बन्ध रहेको बताउँदै आएका छन् । 

प्रसिद्ध अनुसन्धानकर्ता डा. फेइडेरिक ओटोका अनुसार संसारमा भएका तातो हावा मानिसका कारण उत्पन्न जलवायु परिवर्तनको उपज हो । जलवायु परिवर्तनले पनि आँधी र हुरिकेनलाई प्रभाव पारेको उनको भनाई छ । 

अमेरिकामा यसै वर्ष आएको शक्तिशाली आँधीले विभिन्न राज्य र न्युयोर्क लगायतका सहरमा पहिलो पटक आपतकाल घोषणा गरिएको थियो । सो आँधीमा करिव ९५ जनाको मृत्यु भएको थियो भने ६५ अर्ब डलर क्षति भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);