इन्डोनेसियामा आएको भूकम्पमा परी १४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इन्डोनेसियामा आएको भूकम्पमा परी १४ जनाको मृत्यु

एजेन्सी, १३ साउन । इन्डोनेसियाको लम्बोक द्विपमा आएको भूकम्पमा परी १४ जनाको मृत्यु भएको छ भने १ सय जना भन्दा बढी घाइते भएका छन् । ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि ११ पटक पराकम्प आएको थियो । भूकम्पले हजारौं घरमा क्षति पुगेको छ ।

इन्डोनेसियाको पर्यटन स्थल लम्बोकमा आइतबार स्थानीय समय अनुसार बिहान पौने ७ बजेपछि आएको ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्पलमा परी १४ व्यक्तिले ज्यान गुमाए भने थुप्रै घाइते भए ।  हजारौं घरमा क्षति पुगेको छ ।

भुकम्पपछि ११ पटक पराकम्प गएको इन्डोनेसियाको भू–भौतिक एवम् मौसम एजेन्सीले जनाएको छ । भुकम्पको केन्द्र लम्बोक भन्दा ५० किलोमिटर उत्तर रहेको जनाइएको छ । भूकम्पबाट केही घरहरु पूर्णरुपमा ध्वस्त भएका छन् । स्थानीय अधिकारीहरुले सुनामीको एलर्ट जारी गरेको छ ।

भुकम्प र ज्वालामुखी विस्फोटको रेखामा अवस्थित इन्डोनेसियामा भुकम्पको खतराको कारण भुकम्प आएको बेला कस्तो सतर्कता अपनाउने त्यसबारेमा मानिसहरु जानकार रहेकोले धेरै क्षति हुन पाएन । भुकम्प भन्दा बढी पटक–पटक गएको पराकम्पबाट मानिसहरु आतंकित भएका छन् ।

उनीहरु घरबाट बाहिर निस्किएर खुला ठाँउमा बसेका छन् । भुकम्पमा भएको धनजनको क्षतिको विवरण संकलन गर्ने काम भइरहेका छ भने राहत र उद्धारका लागि प्रयास जारी छ ।

सन २०१६ मा सुमात्रा टापुको उत्तर पूर्वी तटमा ६ दशमलव ५ रेक्टर स्केलको भुकम्प जाँदा दर्जनौ व्यक्तिहरुले ज्यान गुमाएका थिए भने ४० हजार भन्दा बढी व्यक्तिहरु विस्थापित भएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);