माइक्रोसफ्टमा साइबर आक्रमणको आरोप निराधार रहेको चीनको स्पष्टोक्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माइक्रोसफ्टमा साइबर आक्रमणको आरोप निराधार रहेको चीनको स्पष्टोक्ति

एजेन्सी । चीनले माइक्रोसफ्ट कम्पनीमा साइबर आक्रमण गरेको भनेर आफूमाथिलगाइएको आरोप निराधार भएको बताएको छ ।

बेलायत, अमेरिका र युरोपेलीयुनियनले माइक्रोसफ्टको सर्भरमाथि आक्रमण गरेर चीनले ३० हजारभन्दा बढी संस्थाको विवरण चोरी गरेको आरोप लगाएपछि चीनले त्यसको प्रतिवाद गरेको हो ।

चीनको संयुक्त सुरक्षा मन्त्रालयले विश्वको स्थिरता र सुरक्षालाई प्रभावितपार्ने गरी पश्चिममा देशले आरोप लगाएको बताएको छ । पश्चिमा देशहरूले चीनमाथि एकै पटक धेरै संस्थामा आक्रमण गरेर व्यक्तिगतविवरण र बौद्धिक सम्पत्तिचोरी गरेको आरोप लगाएका छन् ।

चीनले यसअघि लगाइँदै आएका साइबर आक्रमणका आरोपलाई पनि कडाइका साथ अस्वीकार गर्दै आएको छ । अमेरिका, बेलायत र युरोपियनयुनियनले चिनियाँ रक्षामन्त्रालयले समेत जासुसी गर्दै आएको आरोप लगाएका छन् ।

यो आरोप पछि चीन र पश्चिमा देशबीच तनाव बढ्न सक्ने संकेत देखिएको छ । चीनले सबै प्रकारका साइबर अपराधको विरुद्धमा आफू दृढ रहेको बताउँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);