अफगानिस्तानमा भीषण वर्षासँगै आएको बाढिमा परेर ६० जनाको मृत्यु, कयौ वेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अफगानिस्तानमा भीषण वर्षासँगै आएको बाढिमा परेर ६० जनाको मृत्यु, कयौ वेपत्ता

एजेन्सी । अफगानिस्तानको पूर्वी ग्रामिण क्षेत्र कमदेशमा भीषण वर्षाका कारण आएको बाढिले कम्तिमा ६० जनाको मृत्यु भएको छ भने दर्जनौ बेपत्ता भएका छन् ।

अन्तर्राष्ट्रिय माध्यमहरुका अनुसार बाढीका कारण थुप्रै घरहरु भत्किएको र सयौं वेपत्ता हुनुका साथै घाइतेसमेत रहेको बताइएको छ । प्रकोप ग्रस्त क्षेत्र तालिबान लडाकुहरुको कब्जामा रहेकाले सरकारी उद्दार टोलीलाई त्यहा प्रवेश गर्नसमेत कठिनाइ भइरहेको जनाइएको छ ।

तर तालिवान सम्बन्धित समाचार एजेन्सीले भने मृतकको संख्या १५० रहेको जनाएको छ नुरितान प्रान्तका एक इन्जिनिएरले भने मृतकका संख्या २०० बढि पुगिसकेको र अझै बढि हुनसक्ने बताएका छन् ।

साथै तालिवानिले ५३ हजार पाउन्ड राहत कोषका सथै उक्त ठाउमा आफ्नै उद्दार टोली पठाएको र राहत सामाग्री वितरण गरेको जनाएको छ । तर उद्धारका लागि उनीहरुसँग के कस्ता उपकरण छन् भन्ने बारे यकिन भने भएको छैन ।

अफगानिस्तानमा देशव्यापी रुपमा तालिबानले सरकारी फौजविरुद्ध पछिल्लो समय लडाइँ तीब्र पारेको छ । विशेषगरी ग्रामिण क्षेत्रका थुप्रै ठाउँ तालिबानले कब्जामा लिएको छ । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि तालिबान झन् सक्रिय रुपमा देखिएका छन् ।

लामो समयदेखि आन्तरिक द्वन्द्वमा रहेको अफगानिस्तानमा कमजोर संरचनामा बनेका ग्रामिण क्षेत्रका घरहरु वर्षेनी बाढीका कारण क्षतिग्रस्त हुने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);