भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार २ सय ३० मा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ५ सय ५५ रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख २३ हजार २ सय १७ जनाले ज्यान गुमाईसकेका छन् ।

हाल भारतमा तीन लाख ५ हजार १ सय ५५ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ४२ हजार ३ सय ६० सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या तीन करोड ७ लाख ४३ हजार ९ सय ७२ पुगेको छ ।

भारतमा हालसम्म ४५ करोड ६० लाख ३३ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);