एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ९ सय ८२ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ५ सय ३३ रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख २६ हजार २ सय ९० जनाले ज्यान गुमाईसकेका छन् ।
हाल भारतमा ४ लाख ११ हजार ७३ सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ४१ हजार ७ सय २६ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या तीन करोड ९ लाख ७४ हजार ७ सय ४८ पुगेको छ ।
भारतमा हालसम्म ४८ करोड ९३ लाख ४२ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।