भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ६ सय ८९ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ४ सय १५ रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख २१ हजार ३ सय ८२ जनाले ज्यान गुमाईसकेका छन् ।

हाल भारतमा तीन लाख ९८ हजार १ सय सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ४२ हजार ३ सय ६३ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या तीन करोड ६ लाख २१ हजार ४ सय ७९ पुगेको छ ।

भारतमा हालसम्म ४४ करोड १९ लाख १२ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);