भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ९७ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ५ सय ४६ रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख २० हजार १६जनाले ज्यान गुमाईसकेका छन् ।

हाल भारतमा चार लाख ८ हजार ९ सय ७७ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३५ हजार ८७ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या तीन करोड ५ लाख ३ हजार १ सय ६६ पुगेको छ ।

भारतमा हालसम्म ४२ करोड ७८ लाख ८२ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);