चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइएको जवाफ स्वरूप चीनद्धारा पनि अमेरिकामाथि प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइएको जवाफ स्वरूप चीनद्धारा पनि अमेरिकामाथि प्रतिबन्ध

एजेन्सी । हङकङ स्थित चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाइएको जवाफ स्वरूप चीनले कैयौँ अमेरिकी नागरिक र संस्थाहरू माथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उक्त सूचीमा पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रस पनि छन् ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङको उक्त निर्णय सार्वजनिक भएको हो हङकङमा गरिएका सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले त्यहाँ स्थित चिनियाँ अधिकारीहरू माथि प्रतिबन्ध लगाएको थियो।

वाशिङ्टनले आफ्नो व्यापारिक समुदायलाई हङकङमा काम गर्दा जोखिम बढिरहेको पनि चेतावनी दिएको छ।अघिल्लो वर्ष भएका विशाल लोकतन्त्र पक्षधर प्रदर्शनहरूपछि चीनले हङकङमा नयाँ सुरक्षा कानुन कार्यान्वयनमा ल्याएको थियो ।

त्यसले देशको विभाजन, देश द्रोह र विदेशी शक्तिहरूसँग गठ जोड गर्ने विरुद्ध आजीवन कारावास अधिकतम सजाय तोकेको छ। शुक्रवार चिनियाँ विदेशमन्त्रालयले हालै अमेरिकाले ‘हङकङको व्यावसायिक वातावरण धमिल्याउने गरी औचित्यहीन’प्रतिबन्ध घोषणा गरेको जनाएको छ ।

त्यसले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको चरम उल्लङ्घन गरेको जनाएको छ। उसले पूर्वमन्त्री रससहित अमेरिकाका सातनागरिक र निकायमाथि प्रतिबन्ध लगाइने पनि जानकारी दिएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पको वाणिज्य मन्त्रीका हैसियतमा रसले पूर्व अनुमतिनलिइ अमेरिकी फर्महरूसँग कारोबार गर्न पाउने चिनियाँ फर्महरूको सङ्ख्या विस्तार गरेका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);