संयुक्त राष्ट्रसंघद्वारा २१ वटा पानीजहाज कम्पनीलाई प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

संयुक्त राष्ट्रसंघद्वारा २१ वटा पानीजहाज कम्पनीलाई प्रतिबन्ध

navy

एजेन्सी, १७ चैत । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियालाई सघाएको आरोपमा २७ वटा पानीजहाज, २१ वटा पानीजहाज सेवा कम्पनी र एक व्यक्तिलाई कालोसूचिमा राखेको छ । प्रतिबन्ध लगाइएका तेल ट्यांकर र कार्गो पानीजहाजहरूलाई बन्दरगाह प्रवेशमा विश्वव्यापीरुपमा रोक लगाइएको छ ।

प्रतिबन्धित कम्पनीहरूको सम्पत्ति समेत रोक्का गरिएको छ । राष्ट्रसंघबाट प्योङयाङलाई तोकेर दिइएको यो अहिलेसम्मकै ठूलो दण्ड हो । पछिल्लो प्रतिबन्ध उत्तर कोरियाको पानीजहाज सञ्चालनप्रति मात्र नभइ प्योङयाङसँग व्यापार गर्ने चिनियाँ कम्पनीहरूप्रति पनि लक्षित छ । राष्ट्रसंघको सूचीमा उत्तर कोरियामा रहेका १६ वटा कम्पनी, हङकङमा दर्ता गरिएका पाँचवटा, चिनियाँ भूभागका दुईवटा, ताइवानका दुईवटा र पनामा तथा सिंगापुरका १-१ वटा कम्पनी परेका छन् ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले पछिल्लो कदमले उत्तर कोरियाली शासनमाथि अधिकतम दबाब कायम राख्न अन्तराष्ट्रिय समुदाय एकढिक्का रहेको स्पष्ट सन्देश दिएको बताए।

उत्तर कोरियाले पहिल्यैदेखि कैयौं अन्तराष्ट्रिय प्रतिबन्धहरू झेल्दै आएको छ । प्रतिबन्धहरूका कारण उत्तर कोरियाका अधिकांश निर्यात बन्द भएका छन् भने तेल आयात सीमित हुन पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);