उत्तर कोरियामाथि अझै प्रतिबन्ध लगाउनेः अमेरिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एजेन्सी, ६ असोज । अमेरिकाले फेरी उत्तर कोरियाका कम्पनी र व्यक्तिहरुविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी अर्थ मन्त्रालयलाई उत्तर कोरियाको प्योङयाङसँग कुनै पनि आर्थिक कारोबार गर्ने विदेशी ब्यांकहरुविरुद्ध प्रतिबन्ध लगाउने अधिकार दिएको बताएका छन् ।

उनले उत्तर कोरियासँग आर्थिक तथा अन्य कुनै कारोबार नगर्न चिनियाँ केन्द्रीय ब्यांकले देशभित्रका आर्थिक संस्थाहरुलाई आदेश दिएकोमा चीनको प्रशंसा समेत गरेका थिए ।

चीनले भने उत्तर कोरिया माथि तेल निर्यातमा प्रतिबन्ध लगाउनुपर्ने प्रस्तावकोे विरोध गर्दै आएको छ । पछिल्लो क्षेप्यास्त्र परीक्षणलाई लिएर राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाएको दुई हप्ता पनि नबिन्दै अमेरिकाले त्यस्तो घोषणा गरेको हो।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);