चीनको उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एजेन्सी, ७ असोज । चीनले उत्तर कोरियाको लागि इन्धनको आपूर्ति सिमीत गर्ने र कपडाको आयात शनिबारबाट बन्द गर्ने घोषणा गरेको छ।

चीनले उत्तर कोरियालाई बेच्दै आएको इन्धनको आपूर्ति बिस्तारै बन्द गर्दै जाने र उत्तर कोरियाबाट कुनै पनि सामाग्री आयात नगर्ने बताएको बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले ११ दिन अघि लगाएको नयाँ प्रतिबन्ध अनुसार पछिल्लो चिनले सो घोषणा गरेको हो । इन्धनमाथिको प्रतिबन्ध भने अक्टोबर १ बाट शुरु हुने बताइएको छ।

प्राकृतिक ग्यासमाथिको प्रतिबन्ध भने तत्काल लागू हुनेछ। चीनबाट उत्तर कोरियाले दैनिक ६ हजार ब्यारेल इन्धन आयात गर्ने गरेको अनुमान गरिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);