इरानद्वारा नयाँ क्षेप्यास्त्रको सफल परीक्षण | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

एजेन्सी, ७ असोज । इरानले नयाँ शक्तिशाली ब्यालिस्टिक क्षेप्यास्त्रको सफलरुपमा परीक्षण गरेको बीबीसीले जनाएको छ।
सो क्षेप्यास्त्रले २ हजार किलोमिटरसम्म प्रहार गर्न सक्ने अधिकारीहरुको भनाई छ ।

तेहरानमा एउटा सैनिक परेडमा खूरामशार क्षेप्यास्त्रलाई शुक्रवार सार्वजनिक गरिएको थियो।

यसअघि इरानले गत जनवरीमा खूरामशार क्षेप्यास्त्रको परीक्षण गरेको थियो तर जुन असफल मानिएको थियोे । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई सम्बोधन गर्दै इरानको क्षेप्यास्त्र कार्यक्रमको आलोचना गरेको केही दिनपछि इरानले पछिल्लो क्षेप्यास्त्र परीक्षण गरेको हो।

इरानले आफ्नो सुरक्षाका लागि मात्रै सो मिसाइल परिक्षणमा ल्याएको जनाएको छ ।