भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार १ सय ६४ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ४ सय ९९ रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख १४ हजार १ सय ८ जनाले ज्यान गुमाईसकेका छन् ।

हाल भारतमा चार लाख २१ हजार ६ सय ६५ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३८ हजार ६ सय ६० सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या तीन करोड ३ लाख ८ हजार ४ सय ५६ पुगेको छ ।

भारतमा हालसम्म ४० करोड ६४ लाख ८१ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);