छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेशन सेन्टरको सेवा हाललाई स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेशन सेन्टरको सेवा हाललाई स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याएको छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेशन सेन्टरको सेवा हाललाई स्थगित गरिएको छ।

बुधबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औं कार्यपालिका बैठकले कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएका कार्यक्रम हालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

हाल अन्य अस्पतालहरुमा नै बिरामी सहज उपचार पाईरहेकाले आइसोलेशनमा भर्ना हुन आउनेको संख्या कम भएको र आवश्यक परे सेवालाई पछि फेरि निरन्तरता दिने गरी सेवा स्थगित गरिएको महानगरपालिकाले जनाएको छ ।

राधास्वामी आइसोलेशन सेन्टरलाई भने अहिले भएका जनशक्तिमध्ये एक तिहाइले सञ्चालन गर्ने गरी निरन्तरता दिइएको छ ।

त्यसैगरी बैठकले बन्दाबन्दीका कारण समयमा सम्पन्न हुन नसकेका योजनाको म्याद थप गर्ने, वडा १२ मा रूद्रविनायक नाय्खिँ गणेश निर्माण गर्न जग्गा प्राप्तिका लागि नेपाल सरकारलाई सिफारिस गर्नेलगायत निर्णय गरेको छ ।

यसका साथै नेपाल भाषा प्रशिक्षण व्यवस्थासम्बन्धी कार्यविधि, २०७७ मा केही संशोधन गरेर नेपाल भाषाका सहायक प्रशिक्षकलाई प्राथमिक तह तृतीय श्रेणीसरह बनाएको पनि बैठकले जानकारी दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);