पत्रकारका लागि अक्सिजनसहित नौ शैय्याको 'आइसोलेशन सेन्टर' : अध्यक्ष विपुल पोखरेल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पत्रकारका लागि अक्सिजनसहित नौ शैय्याको ‘आइसोलेशन सेन्टर’ : अध्यक्ष विपुल पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासंघले कोभिड-१९ को जोखिममा रहेका पत्रकारहरुका लागि ‘आइसोलेशन सेन्टर’ सञ्चालनमा ल्याएको छ । महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा रहेको अतिथिगृहलाई अक्सिजनसहितको आइसोलेशन सेन्टरमा रुपान्तरण गरिएको अध्यक्ष विपुल पोखरेलले बताएका छन् ।

कोभिड संक्रमण पुष्टी भएर अस्पतालमा बेड नपाएका वा जोखिममा रहेका पत्रकारहरुलाई आइसोलेशन सेन्टरको सुविधा उपलब्ध गराइने अध्यक्ष पोखरेलले बताएका छन् ।

‘फ्रन्टलाइनमा खटिएका पत्रकारलाई कोरोना संक्रमण भएमा वा जोखिममा रहेमा उपचारका लागि विशेष व्यवस्था नहुँदासम्मको लागि नौ शैय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएका छौं’, पोखरेलले भने ।

महासंघले आइसोलेशन सेन्टरमा ज्वरो र अक्सिजन मापन गर्नेसहितको प्रबन्ध रहेको छ । आइसोलेशन सेन्टरमा रहने पत्रकारका लागि स्वस्थ खानेपानी र खानाको समेत व्यवस्था गरिएको छ ।

आइसोलेशन सेन्टर स्थापनाका लागि महासंघलाई म्याक्सिम इन्टरनेशनल ट्रेडिङ, हाम्रो टिम लगायतका संस्थाले सहयोग गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);