भारतमा हावाहुरीका कारण मृत्यु हुनेको संख्या ४० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भारतमा हावाहुरीका कारण मृत्यु हुनेको संख्या ४० पुग्यो

हावाहुरी

एजेन्सी, ४ बैशाख । भारतका विभिन्न ठाउँमा आएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । भारतीय सञ्चार माध्यमका अनुसार गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखण्ड, हिमाचल, हरियाणा तथा नयाँ दिल्लीमा हावाहुरीसँगै आएको भीषण वर्षामा सयांै घाइते छन् ।

हावाहुरीको असर गुजरात, राजस्थान र मध्यप्रदेशमा बढी परेको छ । यी राज्यमा मात्रै ३४ जनाको मृत्यु भएको छ । हावाहुरी र वर्षाले बिद्युतका पोलहरु ढलेका छन् ।

भारतीय मौसम विभागले बिहीबारसम्म मौसम यस्तै रहने जनाएको छ । यता प्रधानमन्त्री नरेन्द्र मोदीले प्रभावित सबै राज्यमा उद्दार कार्यलाई तीब्रता दिन निर्देशन दिएका छन् । उनले मृतकका परिवारलाई २ लाख र घाइतेलाई प्रतिब्यक्ति ५० हजार सहयोगको घोषणासमेत गरिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);