श्रद्धालु बोकेको पिकअप भ्यान नुनथरमा दुर्घटना, १ को मृत्यु, १ वेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

श्रद्धालु बोकेको पिकअप भ्यान नुनथरमा दुर्घटना, १ को मृत्यु, १ वेपत्ता

बारा । २५ साउन  राैतहटकाे चन्द्रपुर नगरपालिका स्थित नुनथरमा बागमती सिंचाई आयोजनाको नहरमा सोमवार विहान एक बोलेरो पिकअप भ्यान खसेर दुर्घटना ग्रस्त भएकाे छ ।

दुर्घटनामा परी १ जनाको घटना स्थल मैं मृत्यु भएको छ र १ जना वेपत्ता भएका छन् । साेहि दुर्घटनामा परेका अन्य १८ जनालाई भने सकुशल उद्दार गरिएकाे जिल्ला प्रहरी कार्यालय, राैतहटले जनाएकाे छ । 

बारा जिल्ला स्थित काँटघाट स्थित शहजनाथ महादेव मन्दिरमा जल चढाउँनका लागि नुनथर स्थित वागमती नदीबाट साेमवार आज विहान जल लिएर फर्किदै गरेकाे ना.५.च.३१६६ नम्वरको बोलेरो जिप अनियन्त्रित भई वागमती सिंचाई आयोजनाको पश्चिमी नहरको ५० फिट तल खसेर दुर्घटना भएकाे हाे । 

अनियन्त्रित भई नहरमा श्रद्धालुहरु बोकेको उक्त बोलेरो नहरमा खस्दा घटना स्थल मैं बाराकाे महागढीमाई नगरपालिका बस्ने ४५ वर्षिया मिना देवी कोइरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायाव उपरिक्षक लिलाराज लामिछाने जानकारी दिएका छन् ।

उनले बाराकाे बोधवनका ६५ वर्षिया सुनरी देवी मुखिया वेपत्ता भएको पनि जानकारी दिए ।  दुघर्टनामा भए लगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरुकाे सहयाेगमा १८ जना श्रद्धालुहरूकाे सकुशल उद्दार गरिएको छ । 

उनीहरू मध्ये पाँच घाईते भएका छन् र चन्द्रनिगाहपुर हस्पिटलमा उनीहरूकाे उपचार भैरहेको प्रहरीले बताएकाे छ ।   दुर्घटनामा परेर वेपत्ता भएको ६५ वर्षिया महिलाको खोजी कार्यमा प्रहरीसँगै स्थानीय बासिन्दाहरु जुटेका छन् ।  

बागमती सिंचाई आयोजनाको पश्चिमी मुल नहरमा पानीको बहाव उच्च रहेको हुँदा पानीमा बगाएर महिलालाई वेपत्ता बनाएको हुँदा खोजी कार्यमा नेपाली सेनाको पनि सहयोग लिने कार्य भईरहेको डिएसपी लामिछानेले जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);