काठमाडौं महानगरमा खोप सकिएपछि जोनसन एण्ड जोनसनको खोप अभियान स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

काठमाडौं महानगरमा खोप सकिएपछि जोनसन एण्ड जोनसनको खोप अभियान स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिकामा जोनसन एण्ड जोनसनको खोप अभियान बिहीबार स्थगित भएको छ ।

जोनसोन एण्ड जोनसन खोप अभावका कारण महानगरपालिकामा खोप अभियान स्थगित गर्नुपरेको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

५० वर्षदेखि ५४ वर्षका उमेर समूह, विदेश जाने, अपांगता भएका तथा नेपालमा बस्दै आएका शरणार्थीहरुलाई यो खोप दिइएको थियो । सो पछि भने काठमाडौंमा १८ वर्षमाथिका सबैलाई दिन थालिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ४ गतेबाट खोप अभियान सुरु गरेका थिए ।

काठमाडौं महानगरपालिकामा बुधबार मात्रै ६० हजारले यो खोप लगाएका थिए ।

काठमाडौं महानगरपालिकामा खोप अभियान स्थगित भएपनि काठमाडौं जिल्लाका अन्य नगरपालिका लगायत ललितपुर र भक्तपुरमा भने यो अभियानले निरन्तरता पाईरहेको छ ।

अमेरिकाले कोभ्याक्समार्फत नेपाललाई जोनसन एण्ड जोनसनको १५ लाखभन्दा बढी डोज खोप अनुदानमा प्रदान गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);