पोखरामा आजदेखि खोप लगाईदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पोखरामा आजदेखि खोप लगाईदै

पोखरा। पोखरा महानगरपालिकामा स्थगित कोरोना भाइरस विरुद्धको खोप लगाउने कार्यक्रम आज देखि सुरु भएको छ ।

केहीदिन अघि बिबादका कारण राेकिएकाे खाेप थियाे ।  स्वास्थ्य मन्त्रालयको निर्देशनमा स्थगित खोप कार्यक्रम आज बाट सञ्चालन  हुने भएको छ । पोखरा महानगरपालिकामा बसेको खोप व्यवस्थापन समितिको बैठकले  खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

साउन ११ गते महानगरका १८ देखि ३३ वडामा भेरोसिल खोपको पहिलो डोज लगाउने निर्णय भएको छ । महानगरकी उप प्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले महानगरका लागि प्राप्त १७ हजार २ सय ६१ डोज भेरोसिल खोप आज लगाउने निर्णय गरेको हो ।

आज भेरोसिल लगाइने  अमेरिकी सकारबाट अनुदान प्राप्त जाेन्सन एण्ड जाेन्सन खोप लगाइने महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारीभयो । त्यस्तै साउन १४ गते पोखरा महानगरका १ देखि १७ वडामा जाेन्सन एंण्ड जाेन्सन खोप लाइने भएकाे छ  ।

जेन्सन खोप १६ हजार ८ सय डोज महानगरका लागि आएको  । जोन्सन खोप ५२–५४ वर्ष उमेर समुहलाई लगाइने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);