काठमाडौं महानगरमा आजदेखि १८ वर्षमाथिका सबैलाई कोभिड खोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं महानगरमा आजदेखि १८ वर्षमाथिका सबैलाई कोभिड खोप

काठमाडौं । काठमाडौं महानगरपालिकामा आज शुक्रबारदेखि कोभिड-१९ विरुद्धको खोप अभियान सुरु हुँदैछ । दसैं लक्षित खोप अभियानमा १८ वर्षमथिका सबै नागरिकलाई खोप लगाइने महानगरले जानकारी दिएको छ । त्यसका लागि ३२ वटै वडामा खोप केन्द्र सञ्चालनमा छन् । भेरोसेलको पहिलो मात्रा लगाइन लागिएको हो ।

अभियान २४ असोजसम्म सञ्चालन हुने महानगर, जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले बताए । महानगरका ३२ खोप केन्द्रसँगै नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप लगाउन सकिनेछ । खोप बिहान १० देखि अपहराह्न ४ बजेसम्म लगाउन पाइनेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);