रोकिएको खोप पुःन सञ्चालन गर्दै काठमाडौं महानगर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

रोकिएको खोप पुःन सञ्चालन गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोप अभावका कारण स्थगित गरेको कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पुनः सञ्चालनमा ल्याउने जनाएको छ । काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमनका विभागीय प्रमुख हरिबहादुर कुँवरले जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नगारिकलाई खोप कार्यक्रम सञ्चालन गर्न परिपत्र गरेपछि खोप सञ्चालनमा ल्याउने भएको हो । काठमाडौंस्थित वीर अस्पताल, शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालमा जेठ ३१ र असार १ गते खोप लगाइने कार्यक्रम तय गरिएको छ।

महानगरले आइतबार जारी गरेको सूचना अनुसार पहिलो डोज लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नागरिक, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड–१९ बिरामीको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्सिङ र प्यारामेडिक्स विद्यार्थी स्वास्थ्यकर्मीलाई खोप लगाउन महानगरले आग्रह गरेको छ । खोप बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुने महानगरको भनाई रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);