काठमाडौंमा आज देखि तीन दिनसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

काठमाडौंमा आज देखि तीन दिनसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

काठमाडौं । काठमाडौंमा आज देखि तीन दिनसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदैछ ।

भेरोसेलको पहिलो मात्रा लगाएका ५० वर्षभन्दा माथि उमेर समूहका नागरिक, विश्व विद्यालय र विद्यालयका प्राध्यापकलगायतकालाई खोप दिईन लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार खोप शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्क सेवामा कार्यरत व्यक्ति, खोप अनिवार्य गरिएका देशका देशमा जाने नेपाली नागरिक र यस अघि भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई समेत दिइने जनाएको छ ।

कार्यालयकाअनुसार दोस्रो मात्रा खोप लगाउने जाने नागरिकले पहिलो मात्रा खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बर ल्याएको आधारमा खोप दिइने छ ।

त्यस्तै, कार्यालयले भेरोसेल खोपको पहिलो मात्रा कसैलाई पनि नदिन आग्रह गर्नुका साथै केन्द्र तोक्दा सम्भव भएसम्म स्वास्थ्य संस्थामा नै तोक्न पनि कार्यालयले पालिकाहरुसँग आग्रह गरेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);