वडाध्यक्षको कार्यकक्षमा मदिरा सेवन गरिरहेका नेता र शिक्षकलाई स्थानीयले थुने | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

वडाध्यक्षको कार्यकक्षमा मदिरा सेवन गरिरहेका नेता र शिक्षकलाई स्थानीयले थुने

धनकुटा। धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर घिसिङको कार्यकक्षमा मदिरा सेवन गरिरहेका ३ जनालाई स्थानीयले थुनेका छन् ।

वडाध्यक्षको कार्यकक्षमा बसेर मदिरा सेवन गरिरहेका नेकपा एमाले धनकुटा जिल्ला सदस्य भोजबहादुर विश्वकर्मासहित तीन जनालाई स्थानीयले थुनेका हुन् ।

स्थानीय मेघराज खतिवडाकाअनुसार बिहीबार बेलुकी वडा कार्यालय भित्रबाट हल्ला आएपछि हेर्न जाँदा वडाध्यक्ष घिसिङको कार्यकक्षमा बसेर मदिरा सेवन गरिरहेको अवस्थामा ४ जना फेला परेका थिए।

एमाले धनकुटाका जिल्ला कमिटी सदस्य हरि ओझा भने भागेको खतिवडाले बताए। उनले विश्वकर्मासहित अन्य दुई जना स्थानीयले थुनेको जानकारी दिए। दुई जना स्थानीय एक विद्यालयको शिक्षक रहेको खतिवडाको भनाइ छ ।

शिक्षकको नाम भने उनले भन्न चाहेनन् । वडाध्यक्ष घिसिङले घटनाबारे आफूलाई केही जानकारी नभएको बताए । आफूले बुझेर मात्र यस विषयमा  जानकारी गराउने उनले बताए ।  खितवडाकाअनुसार स्थानीयले थुनेकाे तीन घण्टा पछि राति नै प्रहरीले उनीहरूलाई छाेडेकाे छ । आज दिउसाे गाउँपालिकामा छलफल गर्ने शर्तमा छाेडिएकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply