पछिल्लो २४ घण्टामा १६ सय ८६ संक्रमणमुक्त, संक्रमित हुनेको संख्या संक्रमणमुक्त हुनेको भन्दा दोब्बर बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८३, शुक्रबार

पछिल्लो २४ घण्टामा १६ सय ८६ संक्रमणमुक्त, संक्रमित हुनेको संख्या संक्रमणमुक्त हुनेको भन्दा दोब्बर बढी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ६ सय ८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका एक हजार ६ सय ८६सहित नेपालमा संक्रमणमुक्त हुनको संख्या ६ लाख ४५ हजार ३ सय १ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा तीन हजार ४ सय २१ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १२ हजार २ सय ४० पीसीआर परीक्षणमध्ये २ हजार ३ सय ९१ संक्रमित र ५ हजार ३२ एन्टीजेन परीक्षण मध्ये एक हजार ३० संक्रमितसहित जम्मा१७ हजार २ सय ७२ परीक्षणमध्ये ३ हजार ४ सय २१ संक्रमित भएका हुन् ।

पछिल्लो २४ घण्टामा २५ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ७ सय ३८ पुगेको छ ।

Leave a Reply