२४ घण्टामा ३ हजार ३७० जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

२४ घण्टामा ३ हजार ३७० जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७० ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने ३ हजार ३ सय ७० सहित नेपालमा संक्रमणमुक्त हुनेको संख्या दुई लाख ९८ हजार ७ सय ६५ संक्रमणमुक्त भईसकेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ८ हजार ४ सय १८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १७ हजार ३ सय १५ पीसीआर परीक्षणमध्ये ८ हजार २ सय ८७ र ९ सय ८९ एन्टीजेन परीक्षणमध्ये एक सय ३१ जना गरी ८ हजार ४ सय १८ मा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितहरुमध्ये काठमाडौंका २ हजार २ सय ७०, भक्तपुरका तीन सय ८१ र ललितपुरका ४ सय ६२ सहित काठमाडौं उपत्यकाका मात्रै ३ हजार १ सय १३ रहेका छन् ।

योसँगै नेपालमा संक्रमित हुनेको कुल संख्या तीन लाख ८५ हजार ८ सय ९० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको छ ।

हाल नेपालमा ८३ हजार ४ सय ९३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);