नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ ले कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ ले कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ संक्रमणमुक्त भएका हुन् ।

योसँगै नेपालमा संक्रमणमुक्त हुनेको कुल संख्या ४ लाख ९७ हजार ९ सय ६० पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ७२ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १२ हजार २ पीसीआर परीक्षणमध्ये ३ हजार ३ सय ७० संक्रमित र ५ हजार ९ सय १ एन्टिजेन परीक्षणमध्ये १ हजार १ सय २ संक्रमित गरी जम्मा ४ हजार ४ सय ७२ मा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये भक्तपुरमा २ सय २१, ललितपुरमा ३ सय ६५ र काठमाडौंमा २ हजार ४९ गरी काठमाडौंं उपत्यकामा २ हजार ६ सय ३५ संक्रमित थपिएका छन् । हाल नेपालमा एक लाख १ हजार ६ सय ३४ सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ९२ संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय ९० पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);