काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ३ हजार ४ सय ५१ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार २ सय ९९ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ६ हजार ५ सय ६६ पीसीआर परीक्षणमध्ये १ हजार ३ सय ९१ संक्रमित र ४ हजार ३० एन्टिजेन परीक्षणबाट ९ सय ८ संक्रमित गरी जम्मा २ हजार २ सय ९९ मा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ३४ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार १ सय ७९ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।
हालसम्म कोरोना विरुद्धको खोपको पूर्ण डोज लिनेको संख्या ७ लाख ५७ हजार ६ सय ३५ रहेको छ । त्यसैगरी २६ लाख ४ हजार भन्दा बढीले पहिलो डोजमात्र पाएका छन् ।




