२४ घण्टामा २ हजार ५ सय १८ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

२४ घण्टामा २ हजार ५ सय १८ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय १८ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने २ हजार ५ सय १८ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पाँच लाख ७० हजार ९ सय ५८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७४ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ७ हजार २ सय ३५ पीसीआर परीक्षणमध्ये १ हजार ५ सय ७७ संक्रमित र ४ हजार ९ सय ९७ एन्टिजेन परीक्षणबाट ८ सय ९७ संक्रमित गरी जम्मा २ हजार ४ सय ७४ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २४ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ९ सय १८ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);