२४ घण्टामा ३ हजार ५ सय ९७ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

२४ घण्टामा ३ हजार ५ सय ९७ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ९७ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ३ हजार ५ सय ९७ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ९६ हजार १ सय ३२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९२ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ७ हजार १ सय ८७ पीसीआर परीक्षणमध्ये १ हजार ८ सय ८९ संक्रमित र ४ हजार ३ सय ८१ एन्टिजेन परीक्षणबाट एक हजार ३ संक्रमित गरी जम्मा २ हजार ८ सय ९२ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ४१ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार १ सय १२ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);