२४ घण्टामा २ हजार १ सय ४१ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

२४ घण्टामा २ हजार १ सय ४१ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ४१ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने २ हजार १ सय ४१ कोरोना संक्रमणमुक्त भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको जम्मा संख्या ५ लाख ४५ हजार ६ सय ६२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ४ सय ८४ पीसीआर परीक्षणमध्ये जम्मा २ हजार ६ सय ७ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा एक सय ३९ संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ९७ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);