पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना जित्न सफल, संक्रमणमुक्त हुने दर ७४.६ प्रतिशत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना जित्न सफल, संक्रमणमुक्त हुने दर ७४.६ प्रतिशत

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५५ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा ५ हजार ५५ संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ६० मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १९ हजार ४ सय ७४ पीसीआर र ७ सय ७१ परीक्षणमध्ये जम्मा ८ हजार ९ सय ६० मा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १ सय ९१ रहेको छ । हाल नेपालमा एक लाख ५ हजार २ सय ७ सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २ सय १४ संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ४ सय ६६ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);