पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३५ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३५ संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ८ हजार ५ सय २० मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २० हजार ९ सय ४८ पीसीआर परीक्षणमध्ये ८ हजार ४ सय ६७ संक्रमित र ५ सय ३० परीक्षणमध्ये ५३ संक्रमित गरी जम्मा ८ हजार ५ सय २० मा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपाल संक्रमितको कुल संख्या चार लाख ३९ हजार ६ सय ५८ पुगेको छ । हाल नेपालमा एक लाख ७ हजार ३ सय ३६ सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा दुई सय ३ संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);