पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ८ हजार ८ सय ४८ संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ८० मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १९ हजार ३ सय ५७ पीसीआर परीक्षणमध्ये ८ हजार ९ सय ८० संक्रमित र ७ सय ४८ एन्टिजेन परीक्षणमध्ये ३ सय ८९ संक्रमित गरी जम्मा ८ हजार ९ सय ८० मा संक्रमण पुष्टि भएको हो ।

हाल नेपालमा एक लाख १५ हजार ८ सय ६ सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय २९ संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);