पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६७ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६७ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६७ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६७ संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २१ हजार सय ६५३ पीसीआर परीक्षणमध्ये ९ हजार १ सय ९८ संक्रमित र ४ सय ३४ परीक्षणमध्ये ४९ संक्रमित गरी जम्मा ९ हजार २ सय ४७ मा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये भक्तपुरमा २ सय ९८, ललितपुरमा ४ सय ५४ र काठमाडौंमा २ हजार ३ सय ४६ गरी काठमाडौंं उपत्यकामा ३ हजार ९८ संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको जम्मा संख्या चार लाख ६४ हजार २ सय १८ पुगेको छ । हाल नेपालमा एक लाख १३ हजार ४ सय ८० सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा दुई सय १४ संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ हजार २ सय १५ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);