२४ घण्टामा ५ हजार २ सय २५ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

२४ घण्टामा ५ हजार २ सय २५ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ५ हजार २ सय २५ कोरोना संक्रमणमुक्त भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको जम्मा संख्या ५ लाख २० हजार ८ सय १६ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ५० मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ५ सय ९८ पीसीआर परीक्षणमध्ये २ हजार ७ सय ९ संक्रमित र ५ हजार ५ सय ८४ परीक्षणमध्ये एक हजार ४१ संक्रमित गरी जम्मा ३ हजार ७ सय ५० मा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये भक्तपुरमा ५६, ललितपुरमा १ सय ६३ र काठमाडौंमा ९ सय २१ गरी काठमाडौंं उपत्यकामा १ हजार १ सय ४० संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा एक सय ६७ संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);