पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना कोरोना जित्न सफल, संक्रमणमुक्त हुने दर ७४.९ प्रतिशत | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना कोरोना जित्न सफल, संक्रमणमुक्त हुने दर ७४.९ प्रतिशत

covid update

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ४४ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा हुने ४ हजार ४ सय ४४ संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ५ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २० हजार ३ सय ६२ पीसीआर परीक्षणमध्ये ९ हजार २ सय ३८ संक्रमित र ४ सय २४ परीक्षणमध्ये ६७ संक्रमित गरी जम्मा ९ हजार ३ सय ५ मा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये भक्तपुरमा २ सय २६, ललितपुरमा ४ सय ४८ र काठमाडौंमा ३ हजार २ सय ५० गरी काठमाडौंं उपत्यकामा ३ हजार ९ सय २४ संक्रमित थपिएका छन् । योसँगै नेपालमा पहिलो पटक सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ । हाल नेपालमा एक लाख १ हजार ६ सय ३४ सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा एक सय ६८ संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ हजार २ सय ५२ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);