जेठ २ गतेबाट भेरोसेलको दोश्रो डोज दिइने, कुनकुन दिन दिइँदैछ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जेठ २ गतेबाट भेरोसेलको दोश्रो डोज दिइने, कुनकुन दिन दिइँदैछ ?

काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज जेठ २ बाट लगाउन थालिने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जेठ २ बाट ‘भेरोसेल’ को दोश्रो डोज दिने निर्णय गरेको हो । अहिलेलाई काठमाडौं जिल्लाका पहिलो डोज खोप लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहलाई मात्र दोश्रो डोज दिन लागिएको हो ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर खोप लगाउन भनेको छ ।

सूचना अनुसार चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाले जेठ २ खोप लगाउन सक्नेछन् । त्यसैगरी चैत २९ र ३० गते लगाएकाले जेठ ३ गते, चैत ३१ र बैशाख २ गते खोप लगाएकाले जेठ ४ गते, बैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते दोश्रो डोजको खोप लगाउन सक्नेछन् ।

त्यस्तै, बैशाख ५ र ६ गते पहिलो खोप लगाएकाले जेठ ६ गते, बैशाख ७,८, ९ र १० गते खोप लगाएकाले जेठ ७ गते, बैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते दोश्रो डोजको खोप लगाउन सक्नेछन् ।

त्यसैगरी, बैशाख १३ गते पहिलो डोज लिगाएकाले जेठ ९ गते, बैशाख १४ गते खोप लिएकाले जेठ १० र बैशाख १५ गते खोप लिएकाले जेठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन् । दोस्रो डोज लगाउन जानेहरुले पहिलो डोज लगाउँदा दिइएको खोप कार्ड साथमा लिई नजिकको खोप केन्द्रमा बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउन सक्नेछन् ।

जेठ २ बाट ९ दिनसम्म चल्ने खोप अभियानमा एक लाख ५९ हजार ४ सय ९९ जनालाई खोप लगाउने लक्ष्य राखेको जनाइएको छ । चीनमा उत्पादित ‘भेरोसेल’ खोप चैत २५ गतेबाट लगाउन सुरु गरिएको थियो । चिनियाँ सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो । सो खोप चैत १६गते नेपाल ल्याइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);