पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४८ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४८ संक्रमणमुक्त भएका हुन् ।

यो पनि पढ्नुहोस

उपत्यकामा २६ सय ९ जनामा कोरोना संक्रमण

त्यसैगरी पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १९ हजार ५ सय ३९ पीसीआर परीक्षणमध्ये ७ हजार ३ सय १६ संक्रमित र ३ सय ४४ एन्टिजेन परीक्षणबाट ५२ संक्रमित गरी जम्मा ७ हजार ३ सय ६८ मा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर एक लाख १० हजार २ सय ६३ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा एक सय ४५ संक्रमितले ज्यान गुमाएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);