अक्सिजन प्लान्ट स्थापनाको लागि १ करोड २८ लाख रुपैँया लगानी | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

अक्सिजन प्लान्ट स्थापनाको लागि १ करोड २८ लाख रुपैँया लगानी

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको लागि १ करोड २८ लाख रुपैँया लगानी गर्ने भएको छ ।

कोरोना भाईरस संक्रमण बढेसँगै हेटौँडामा अक्सिजन आवश्यक पर्ने संक्रमितहरु बढेपछि अक्सिजन अभावकै कारण विरामीहरुले अकालमा ज्यान गुमाउने अवस्थाको सृजना नहोस भनेर अन्य विकासको बजेट कटौती गरेरै भएपनि आफुहरुले अस्पतालमा अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्न बजेट छुट्टाईएको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए ।

उपमहानगरपालिकाले प्लान्ट निर्माणमा केहि समय लाग्ने देखेपछि हाल दैनिक रुपमा कम्तिमा एक सय सिलिण्डर अक्सिजन ल्याउने ब्यवस्थापन गरेको छ । उपमहानगरपालिकाले आजै अक्सिजन प्लान्ट स्थापनाको लागि सरोकारवाला निकायहरुसँग समेत छलफल गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);