पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा

प्रकाश नेपाल,
पाल्पा । पाल्पा अस्पतालले अक्सिजन प्लान्ट संचालनमा ल्याएको छ । संघीय सरकार अर्थ मन्त्रालयले गत जेठ ४ गते नै अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो । तर बजेट रकम हाल सम्म प्राप्त नभएको अस्पतालले जनाएको छ । सरकारले स्विकृत गरेको रकम बाट फेयर ट्रेड प्रा.ली.ले अक्सिजन उत्पादन गर्ने मेशिनहरु खरिद गरेको हो ।

अस्पतालमै अक्सिजन प्लान्ट संचालन भएपछी जिल्लाका ठुला अस्पताल देखी १० वटै पालिका र घर घरमा अक्सिजन सेवा दिन सकिने अस्पताल विकास समितीका अध्यक्ष नेत्र प्रसाद पाण्डेले बताए । यो प्लान्ट बाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन हुने र अवका दिनमा अक्सिजन अभाव बाट विरामीको मृत्यु नहुने अध्यक्ष पाण्डेले बताए ।

प्लान्ट बाट प्रति मिनेट ४२० लिटर अक्सिजन उत्पादन हुने, प्रति २० मिनेटमा १ वटा र दैनिक ५० वटा सिलिण्डर अक्सिजन भर्न सकिने बुष्टर ठुलो भएमा क्षमता बढाउन सकिने ईन्जिनियर देवेन्द्र श्रेष्ठले बताए ।

कोभिड १९ को दोस्रो भेरियेन्टमा अक्सिजन अभावको कारण उपचारमा निकै कठिनाई भएकोले अव अस्पतालमै प्लान्ट निर्माण भएपछि कोभिडका विरामीलाई सजिलो हुने पाल्पा अस्पतालका मेडिकल सुपरिडेन्ट डा. जगदिश कुवँरले बताए ।

पाल्पामा हालसम्म कोभिड १९ को सक्रमण बाट २१८ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल पाल्पामा अक्सिजन प्लान संचालनमा आएपछी जिल्लाका अस्पताल र आईसोलेसनमा अक्सिजन अभाव नहुने देखिएको छ ।

अक्सिजन अभावको कारण कयौ विरामीहरु लाई बाध्यताबस फिर्ता गर्नुपर्ने अवस्था थियो, अवका दिनमा भने सिधै प्लान्टबाट अस्पतालका वेड वेडमा विरामी लाई अक्सिजन दिन सक्ने सुविधा पाल्पा अस्पतालमा भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);