अक्सिजन ग्यास प्लान्ट संचालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अक्सिजन ग्यास प्लान्ट संचालनमा

oxygen

नेपालगञ्ज, ९ माघ । अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास प्लान्ट संचालनमा आएको छ । नेपालकै सबैभन्दा ठूलो प्लान्टबाट दैनिक ४७ लिटर क्षमताको एक हजार सिलिण्डर अक्सिजन ग्यास उत्पादन हुने बताईएको छ ।

त्यस्तै दैनिक १२ सय लिटर लिक्वीड नाईट्रोजन र अक्सिजन उत्पादन क्षमता रहेको यो प्लान्टबाट जिरो एयर ग्यास पनि उत्पादन हुन्छ । एच. ओ. अक्सिजन ईन्डस्ट्रिज प्रा.लिले संचालनमा ल्याएको प्लान्टले सोमबारबाट विधिवत उत्पादन थालेको छ । १० करोड रुपैयाँ लागतमा स्थापना गरिएको यो प्लान्ट संचालनमा आएसँगै नारायणघाटदेखि पश्चिमी क्षेत्रमा सहज र सुलभ ढंगले अक्सिजन तथा नाईट्रोजन ग्यास र लिक्विड उपलब्ध हुनेछ ।

बढ्दो जनसंख्याको चाप, बिरामीहरुको वृद्धि, उद्योग कलकारखानाको विस्तार, अस्पतालहरु र स्वयम् व्यक्तिगत जीवनका साथै बजार आवश्यकताको अध्ययन गरेर काठमाडौं बाहिरको बजारमा सर्वसुलभ तरिकाले अक्सिजन र नाईट्रोजन उपलब्ध गराउन प्लान्ट स्थापना गरिएको संचालक गौरब कुमार श्रेष्ठले दाबी गरे ।

बाँकेका युवा व्यवसायी हरि ओम ग्रुपको लगानी रहेको एच.ओ. अक्सिजन इन्ड्रष्ट्रिज नेपालमै सबैभन्दा धेरै उत्पादन क्षमता भएको प्लान्ट हो । खासगरी पश्चिम नेपालमा अक्सिजन र नाईट्रोजन ग्यास सिलिन्डरको बजारलाई पूर्णतया आत्मनिर्भर बनाउने उद्देश्य रहेको हरि ओम ग्रुपका सदस्य तुषार साहले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);