हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान

मकवानपुर । बागमती प्रदेश राजधानी हेटौंडामा रहेको एक मात्र सरकारी हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोरोना संक्रमितको संख्या वृद्धि भएपछि अक्सिजनको अभावलाई कम गर्ने उद्देश्यले अक्सिजन प्लाण्ट जडान गरिएको हो ।

अक्सिजन प्लाण्ट व्यवसायी दीपक खनाल र हेटौंडा उपमहानगरपालिका मेयर हरि बहादुर महत बीचको आन्तरिक सहमतमा अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका अध्यक्ष राजेश प्रसाईले बताए ।

३८ लाख रुपैया लागतमा जडान गरिएको प्लानले दैनिक १५ देखि २० वटा ठुलो सिलिन्डर ग्यास उत्पादन गर्ने छ । कोरोनाका संक्रमितहरु बढेसंगै मकवानपुरमा पनि अक्सिजनको माग बढेको छ ।

हाल अस्पतालाई दैनिक १सय ५० भन्दा बढि अक्सिजन सिलिन्डर ग्यास आवश्यक परिरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईले जानकारी दिए । अस्पतालले अहिले ककनि, नुवाकोट, बारा, नवलपरासि र बिराटनगरबाट अक्सिजन ग्यास ल्याइरहेको छ ।

मकवानपुरमा हाल सम्म कोरोनाका कारण ७० जना भन्दा बढिको मृत्यु भइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);