जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान

खोटाङ। जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान गरिएको छ । प्रदेश सरकारको १ करोड ११ लाखमा जडान गरिएको अक्सिजन प्लान्ट आइतबार उद्घाटन गरिएको छ।

अक्सिजन भर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि जडान गरिएको अक्सिजन प्लान्ट जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले उद्घाटन गरेका हुन्। प्लान्ट जडानसँगै जिल्ला अक्सिजनमा आत्मनिर्भर बनेको छ ।अक्सिजन प्लान्टबाट दैनिक २० देखि २५ सिलिन्डर अक्सिजन उत्पादन हुने बायोमेडिकल टेक्निसियन उषादेवी श्रेष्ठले बताइन् । उत्पादित अक्सिजन रित्तो सिलिण्डरमा भरेर जिल्ला अस्पतालमा प्रयोगमा ल्याइसकिएको छ । हाल जिल्ला अस्पतालको ५० शय्याको भवन निर्माणाधीन अवस्थामा छ । ५० शय्याको अस्पताल तयार भएपछि पाइपलाइनमार्फत सिधै बिरामीको बेडमा अक्सिजन पुर्‍याउनेगरी व्यवस्थापन हुने जानकारी दिइएको छ । अक्सिजन प्लान्ट अभावमा अक्सिजनको सिलिन्डर भर्नका लागि विराटनगर पुग्नुपर्ने बाध्यता थियो । अक्सिजन प्लान्ट जडानका लागि नौ फर्मको आवेदन परेकामा घटाघटमा मुन रक्स इन्टरनेशनल प्रालिले ठेक्का पारेको थियो । तर अक्सिजन प्लान्टको संरचना कमसल बनेको भन्दै सर्वत्र विरोध भएको थियो।निर्माण कम्पनीले कमसल संरचना सुधार गरेपछि अक्सिजन प्लान्ट उद्घाटन गरिएको हो। अक्सिजन प्लान्टको ट्रस अस्पतालकै एउटा भवनसँग अडेसा लगाएर (टाँसेर) बनाइएको, सिंगल इँटाको पर्खाल धकेल्दा ढल्ने खालको बनाइएको, ट्रसमाथि कागजजस्तो पातलो जस्ताको छाना हालिएको, मान्छे छिर्नसक्ने ठाउँ राखिएको, पर्खालभन्दामाथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको, जालीलाई प्लास्टिकको डोरीले बाँधेको पाइएपछि १० लाख भुक्तानी रोकिएको थियो।

अक्सिजन प्लान्टको जस्ता र जाली फेर्ने, वाल प्लास्टर गर्ने काम गरेपछि मात्र बाँकी रकम भुक्तानी दिइएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ।

अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि गत २४ असारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई नेतृत्वको टोलीले निरीक्षण गरेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);