अक्सिजन प्लान्टको टहराे कमसल बनेपछि रकम कटाएर भुक्तानी  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अक्सिजन प्लान्टको टहराे कमसल बनेपछि रकम कटाएर भुक्तानी 

खोटाङ। जिल्ला अस्पताल खोटाङमा रहेकाे अक्सिजन प्लान्ट राख्ने टहराे कमसल बनाएको भन्दै रकम कटाएर भुक्तानी गरिएको छ । प्रदेश सरकारको एक करोड ११ लाखमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको टहराे निकै कमजाेर बनेको पाएपछि १० लाख कटाएर बाँकी रकम भुक्तानी दिएको हो ।

टहराे निर्माणका क्रममा लाग्ने अनुमानित रकम बराबर रोक्का राखेर एक करोड एक लाख रकम २४ असारमा भुक्तानी दिएको अस्पतालका आर्थिक अधिकार प्रमुख विमलदेव यादवले बताए ।

जिल्लामै अक्सिजन उत्पादनका लागि जडान गरेकाे उपकरण जडान सही देखिए पनि ट्रस भने कमसल बनेपछि विरोध भएको थियो । अक्सिजन प्लान्टजस्तो महत्वपुर्ण उपकरण रहने टहराे ‘क्वालिटी’को नबनेपछि १० लाख बाँकी राखेर अरु भुक्तानी दिन लगाएको जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले बताए । भुक्तानी रोकिएपछि मुन रक्स इन्टरनेशनल प्रालिले जस्ता फेर्ने, पर्खाल प्लाष्टर गर्ने लगायतका काम सुरु गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);