नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

नवलपरासी । बर्दघाट सुस्तापूर्र्व नवलपरासीको कावासोती १६ स्थित मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । अहिले दैनिक १७ सिलिन्डर अक्सिजन उत्पादन हुने गरेको छ । प्लान्टबाट पाईपलाईन मार्फत् २० वटा वेडमा अक्सिजन पु¥याईएको अस्पतालले जनाएको छ ।

अस्पतालमा नै अक्सिजन उत्पादन सुरु भएपछि अब अक्सिजनको अभाव नहुने विश्वास गरिएको छ । अहिले अस्पतालमा दैनिक ३५ भन्दाबढि सिलिन्डर अक्सिजन खपत हुँदै आएको छ । खपत हुने अक्सिजनको परिमाणमा आधाजसो प्लान्टबाट नै उत्पादन हुने भएपछि अब अक्सिजनकालागि धेरै दौडधुप गर्न नपर्ने बताईएको छ ।

प्लान्टकालागि ३८ लाख र पाईपलाईनकालागि १९ लाख रुपैयाँ गण्डकी प्रदेश सरकारले सहयोग उपलब्ध गराएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);